×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

म्यानमारले नेपालसहित चार देशका पर्यटकलाई बिना भिषा प्रवेश दिने

PRIME CA
GLOBAL IME BANK

म्यानमारले नेपालसहित चार देशका पर्यटकलाई बिना भिषा प्रवेश दिने

५ आश्विन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । म्यानमारले नेपालसहित थप चार मुलुकका कूटनीतिक तथा विशेष राहदानी भएका पर्यटकका लागि बिना भिषा प्रवेशको व्यवस्था गरेको छ ।

बिना भिषा प्रवेशको व्यवस्था पाउने थप चार मुलुकमा नेपाल, बेलारुस, मोरक्को र जापान रहेको सरकारी अधिकारीलाई उद्धृत गरी ग्लोबल न्यू लाइट अफ म्यानमारले जनाएको छ । यो कदमको उद्देश्य म्यानमार र यी देशहरूबीच बलियो कूटनीतिक सम्बन्धलाई बढावा दिनु र पर्यटनलाई प्रोत्साहित गर्नु हो ।

म्यानमार र यी देशहरूबीच पारस्परिक भिसा सम्झौताको एक भागको रूपमा यो निर्णय आएको छ, जसले कूटनीतिज्ञहरू र विशेष पासपोर्ट धारकहरूलाई ३० देखि ९० दिनसम्म देशमा बस्न अनुमति दिने जनाईएको छ ।

नयाँ थपिएका चार मुलुकबाहेक बङ्गलादेश, ब्राजिल, चीन, कोलम्बिया, भारत, दक्षिण कोरिया, उत्तर कोरिया, मङ्गोलिया, रूस, सर्बिया, श्रीलङ्का र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (सार्क) का सदस्य राष्ट्रहरू म्यानमारबाट भिषा छुटका लागि योग्य छन् ।

होटल तथा पर्यटन मन्त्रालयका उपस्थायी सचिव यु ह्ला मिन्तले भिषा रहित प्रवेश र आगमनमा भिषा लगायतका कदमले देशमा पर्यटकको आगमन बढाउन मद्दत पुग्ने बताएका थिए । पर्यटन मन्त्रालयका अनुसार सन् २०२३ को पहिलो आठ महिनामा म्यानमारमा सात लाख ५१ हजार २१६ विदेशी पर्यटक भित्रिएको बताइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: