×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैकल्पिक प्रदर्शनीस्थल नहुँदाको पीडा: विद्युतीय गाडीको व्यापक प्रचार भईरहेको नाडा अटो शो नै जेनेरेटरको भरमा…’

PRIME CA

बैकल्पिक प्रदर्शनीस्थल नहुँदाको पीडा: विद्युतीय गाडीको व्यापक प्रचार भईरहेको नाडा अटो शो नै जेनेरेटरको भरमा…’

२७ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । मंगलबारदेखि काठमाडौंको भृकुटी मण्डपमा ‘नाडा अटो शो २०२३’ सुरु भएको छ । सो अटो शोमा विशेषगरी विद्युतीय गाडीको प्रबर्द्धन गरिएको छ । कार्यक्रममा आउने नेतादेखि सहभागी र अवलोकनकर्ता सबैको ध्यान इभितिरै छ । यतिसम्मकि बैंक तथा वित्तीय संस्थाहरुले पनि इभिलाई नै प्रवर्द्धन गरिरहेका छन् । तर दुखको कुराचाहिं के हो भने विद्युतीय साधनको यति धेरै प्रबर्द्धन भएको एक्स्पो भने जेनेरेटरका भरमा चलिरहेको छ ।
नाडाका अध्यक्ष ध्रुब थापाले पनि आफुलेसमेत यो विषयलाई ‘नोटिसमा राखेको’ राखेको बताए । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भृकुटीमण्डप प्रदर्शनी स्थलमा सिन्डिकेट भएको र कसैले पनि सो सिण्डिकेट तोड्न नसकेको दाबी गरे । ‘जेनेरेटरको विषय मात्र होइन, यहाँ धेरै कुरामा समस्या छ । बिजुलीको मात्र, ६ दिनको झण्डै ५० लाख रुपैयाँ तिर्नुपर्छ । २५-३० लाख हामीले नाडाका तर्फबाट दिएका छौँ भने बाँकी सहभागी संस्थाबाट उठाइएको छ। रंगरोगनको बेग्लै खर्च छ । छानो नाचुहिने पनि हामी आफैँले बनाउनुपर्छ । ‘ थापाले भने, ‘हामीले बैकल्पिक व्यवस्था गर्ने स्थिति पनि छैन । त्यसैले प्रदर्शनी स्थलकै विकल्प चाहिएको छ ।’
उनले नाडाका लागि मात्र होइन धेरैका लागि काठमाडौँमा वैकल्पिक प्रदर्शनी स्थलको आवश्यकता रहेकोसमेत दाबी गरे । ‘हामीलाई मात्र होइन, सबैका लागि एउटा अन्तराष्ट्रिय स्थरको प्रदर्शनीस्थल चाहिएको छ । एउटा चितवनमा त्यस्तै राम्रो प्रदर्शनी स्थल बनेको छ । काठमाडौँमा पनि चाहिएको छ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: