×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडा अटो शोः मौसमलेसमेत साथ नदिने संकेत, नेम्वाङको निधनपछि अर्थमन्त्री आउनेमै शंका !

PRIME CA

नाडा अटो शोः मौसमलेसमेत साथ नदिने संकेत, नेम्वाङको निधनपछि अर्थमन्त्री आउनेमै शंका !

२६ भाद्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो एक्सपो २०२३’ को तयारी सकिएको छ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका अनुसार ‘नाडा अटो शो २०२३’को उद्घाटन प्रदर्शनीमार्गको भृकुटीमण्डपस्थित नेपाल टुरिजम बोर्डको हलमा मंगलबार बिहान १२ः१५ बजे हुँदैछ ।

भदौ २६ गते (मंगलबारदेखि) ३१ गतेसम्म चल्ने ‘नाडा अटो शो’को उद्घाटनका लागि भृकुटीमण्डपमा तामझाम गरिएको छ । तर, सोमबार रातिदेखि नै परिरहेको पानी र बिग्रदो मौसमलेसमेत ‘नाडा अटो शो’लाई साथ नदिने संकेत देखिन्छ ।

‘नाडा अटो शो २०२३’ विगतमा भन्दा उत्साहजनक हुने दाबी गरिए पनि पानी परिरहे वा मौसम यस्तै रहिरहे ‘नाडा अटो शो’मा चहलपहल न्यून हुने निश्चितप्राय देखिन्छ ।

यता उद्घाटन कार्यमका प्रमुख अतिथिका रुपमा रहेका अर्थमन्त्री डा.प्रकाशशरण महत पनि कार्यक्रममा जाने वा नजाने भन्ने विषय अन्यौल छ । एमाले नेता सुवास नेम्वाङको निधनपछि उद्घाटन कार्यक्रममा अर्थमन्त्री सहभागी हुने कि नहुने भन्ने विषय नै अन्यौल रहेको अर्थमन्त्रीको सचिवालय स्रोतले बताएको छ ।

‘हिजोसम्म कार्यक्रममा जाने भन्ने पक्का थियो । तर, आज एक्कासी एमाले उपाध्यक्षको निधनको खबरले मुलुक नै स्तब्ध भएका बेला उद्घाटनमा जाने कि नजाने भन्ने विषय अन्यौल छ ।’, स्रोतले भन्यो, ‘नेम्वाङको पार्थिव शरीर श्रद्धान्जलीका लागि च्यासल राखिने भएको छ । फेरी त्यता पनि जानुपर्यो । शीर्ष नेतादेखि सबैको त्यहाँ उपस्थिति हुँदा अर्थमन्त्री ज्यू उद्घाटनमा जाने सम्भावना चाहिँ कम छ ।’

नाडाका अनुसार प्रदर्शनीमा कुल ८२ वटा स्टलहरु रहनेछन् । प्रदर्शनीमा विभिन्न ब्राण्ड र मोडलका सवारीसाधनहरु र त्यसमा प्रयोग हुने टायरट्युब, लुब्रिकेन्ट्स, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स एवम् ग्यारेज उपकरणहरु लगायतका विभिन्न सामाग्री रहनेछन् । योसँगै प्रदर्शनीमा अटोमोबाइल व्यवसायसँग प्रत्यक्ष सरोकार राख्ने बैंक तथा इन्स्योरेन्सजस्ता कम्पनीहरुको पनि सहभागिता रहेको नाडाले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: