×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नाडा अटो शो’ मा फोर्स अरबानीया सार्वजनिक, अटो शोमा बुकिङ गर्नेलाई आकर्षक छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘नाडा अटो शो’ मा फोर्स अरबानीया सार्वजनिक, अटो शोमा बुकिङ गर्नेलाई आकर्षक छुट

Artha Sarokar

२७ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रा.लि ले नाडा अटो शो मा फोर्स कम्पनिको अरबानीया(Urbania) भ्यानको अनावरण तथा बुकिङ खुल्ला गरी बिक्री वितरण शुभारम्भ गरेको छ ।

उक्त भ्यान नेपालमा आयातीत माइक्रोबसहरु मध्यमा सबैभन्दा प्रिमियम सुविधा युक्त रहेको छ भने कार जस्तै आरामदायी र सुविधा सम्पन्न रहेको कम्पनीले जनाएको छ । यो भ्यान विश्व प्रशिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको छ ।

आकर्षक र सुबिधा सम्पन्न देखिएको माइक्रोबसमा १५ र १८ सिट क्षमतामा उपलब्ध छन् भने यसका १५ सिट भ्यानको मुल्य ८२ लाख ९९ हजार र १८ सिटको भ्यानको मुल्य ८६ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यो मुल्य केही समयको लागि मात्र लागु हुने समेत कम्पनीले जानकारी गराएको छ ।

साथै नाडा अटो शो मा बुकिङ गर्नेहरुको लागी आकर्षक छुट सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमूख स्थानहरुमा डिलर तथा सर्भिस सेन्टरहरु रहेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी