×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सरकारको लडाईं काम नै नगरी सम्पत्ति आर्जन गरेरे देश खोक्रो बनाउने बिरुद्ध हो’ : गृहमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘सरकारको लडाईं काम नै नगरी सम्पत्ति आर्जन गरेरे देश खोक्रो बनाउने बिरुद्ध हो’ : गृहमन्त्री

Artha Sarokar

४ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायण काजि श्रष्ठले सरकारको लडाईं काम नै नगरी देश खोक्रो बनाउने बिरुद्ध भएको बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित ‘भ्रष्टाचारविरुद्ध सुशासन प्रर्वद्धनका चुनौती’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले सरकारको लडाईं पुँजपति वर्ग विरुद्ध नभई भ्रष्टचारविरुद्ध भएको बताएका हुन् ।

‘जसले काम नै नगरी सम्पत्ति आर्जन गरेर यो देशलाई खोक्रो बनाउने काम गरिरहेका छन्, त्यसैको विरुद्धको लडाई हो । भ्रष्टाचार विरुद्धको शुसासनका लागि हो । पुँजीपति वर्ग विरुद्ध हैन् । ठुला व्यवसायी विरुद्ध होईन ’ श्रष्ठले भने।

त्यस्तै, उद्योग व्यवसायीहरुको लागि काम गर्ने व्यवस्थित वातावरण बनाउन आवश्यक भएको बताएका उनले राष्ट्रिय पुँजी उत्पादन गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिएका थिए । उनले लगानी नगरी शक्ति प्रयोग गरेर देशको अर्थतन्त्रलाई खोक्रो बनाउने र पैसा जम्मा गर्ने संस्कृतिलाई ध्वस्त बनाउने घोषणा गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी