×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मर्मतका लागि नेपाल एयरलाइन्सको जहाज इजरायल लगिँदै 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मर्मतका लागि नेपाल एयरलाइन्सको जहाज इजरायल लगिँदै 

Artha Sarokar

३१ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल एयरलाइन्सको जहाज मर्मतका लागि इजरायल लगिने भएको छ । आइतबार एयरलाइन्सको नाइन एन एकेएक्स जहाज मर्मतका लागि इजरायल लैजान लागिएको हो । 

उक्त जहाजलाई आइतबार राती ११ः३० बजे इजरायल लगिने भएको छ । चाडपर्वमा यात्रुको चाप बढी हुने भन्दै एयरलाइन्सले जहाज मर्मत तथा इन्जिन फेरबदलका लागि १८ सेप्टेम्बरमा स्लट उपलब्ध भएकाले उक्त जहाज मर्मतका लागि आइतबार नै इजरायल लगिने भएको हो । 

जहाज मर्मतपछि २२ सेप्टेम्बरमा काठमाडौं फिर्ता ल्याइनेछ । जहाजमा देखिएको प्राविधिक समस्याका कारण यात्रुमा पर्न गएको असुविधाप्रति निगमले क्षमायाचना गरेको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी