×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल कुरियर सेवा संघको अध्यक्षमा सुवेदी नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल कुरियर सेवा संघको अध्यक्षमा सुवेदी नियुक्त

Artha Sarokar

२६ भाद्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल कुरियर सेवा संघको अधिवेशनले दुर्गा प्रसाद सुवेदी ‘दिपेश’को अध्यक्षतामा नयाँ कार्यकारिणी समितिको निर्वाचित गरेको छ । वरिष्ठ उपाध्यक्षमा अनिल राजभण्डारी, उपाध्यक्षमा सञ्जय मण्डल र तिलराज खतिवडा, महासचिवमा राजकुमार सामरी, सचिवमा प्रकाश सुवेदी, कोषाध्यक्षमा कृष्ण प्रसाद नेपाल, सहकोषाध्यक्षमा निरञ्जन थापा चुनिएका छन् ।

समितिको सदस्यहरूमा निर्मल राठी, किरण थापा, मिना आचार्य, लक्ष्मण घिमिरे, सौरभ मैनाली, निशा आचार्य र रणदिपजंग रायमाझी निर्विरोध निर्वाचित भएका हुन् ।

नवनियुक्त अध्यक्ष दुर्गा प्रसाद सुवेदी ‘दिपेश’ले सरकारी हुलाक सेवालाई जस्तै काठमाडौं उपत्यकामा कुरियर सेवालाई पनि अत्यावश्यक अन्तर्गत राखेर कुरियर भ्यानहरू चौबिसै घण्टा निर्वाध सञ्चालन गर्न पाउनुपर्ने बताउँछन् । ब्लड स्याम्पल, पासपोर्ट लगायतका अत्यावश्यक सामान कुरियरमार्फत नै आदान प्रदान गर्न सहज र छिटो हुने भएकाले यसलाई अत्यावश्यक सेवाभित्र राख्नुपर्नेमा उनले जोड दिएका थिए ।

नेपालका एअरलायन्स कम्पनीहरूले आफ्नो कामको प्रकृतिभन्दा बाहिर गएर कुरियरको काम गरेकोमा अध्यक्ष सुवेदीले गुनासो गरे । उनले कुरियरको काम गर्ने हो भने कुरियर सेवा प्रदायकको रुपमा दर्ता भएर मात्रै काम गर्नुपर्नेमा जोड दिए । आईकाओ र युरोपेली युनियनले अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै टर्मिनल नै कुरियरका लागि छुट्टाउनुपर्ने २४ घण्टा नै सञ्चालन हुनुपर्ने बताइसकेपनि सरकारले त्यसको व्यवस्था नगरेको उनको गुनासो छ ।

कुरियरमा एक ठाउँबाट अर्को ठाउँमा सामान पठाउँदा सामान पठाउने व्यक्तिले बिल पठाएका हुन्छन् । त्यो बिल भेहिकल एण्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टममा विवरण राखिएको हुन्छ । सो अनुसारको सामान रहे नरहेको प्रसासनले चेक गर्दछन् । चेक गर्दा गाडीमा त्यसअनुसारको सामान नभेटिए पूरै गाडीको सामान रोक्ने प्रावधान छ । जसले गर्दा एक व्यक्तिको गल्तीले धेरैको सामान रोकिरहेकोमा उनले यस्तो व्यवस्था हटाइ जसले गल्ती गरेको छ, उसको मात्रै सामान रोक्न र अरुको गन्तव्यमा पुग्नुपर्ने व्यवस्था गर्न सरकारसँग माग गरे ।

कार्यक्रममा तीन सयभन्दा बढी कुरियर सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी