काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले आईपीओ निष्काशन अनुमति पाएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँमा १३ लाख ६५ हजार कित्ता सेयर निष्काशनको लागि अनुमति पाएको हो ।
कम्पनीले पहिलो चरणमा प्रारम्भिक सार्वजनिक निष्काशनको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी बिदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुलाई छुट्टयाई बाँकी रहेको सेयर सर्वसाधारणहरुको लागि निष्काशन गर्ने जनाएको छ ।
त्यस्तै, कम्पनीले सेयर निष्काशनको लागि हिमालयन क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कम्पनीले हालसम्म सुनसरी र पर्सा जिल्लामा ४०,००० मेट्रिक टन क्षेमताको साइलो सहितको वेयरहाउस निर्माण सम्पन्न गरि संचालनमा ल्याएको छ भने कपिलवस्तु जिल्लामा १५,००० मेट्रिक टन क्षेमताको साइलो जडान भईरहेको छ, र सो समेत पौष महिना सम्ममा संचालनमा ल्याउने तयारी गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्