×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार ४४.३० अंकले बढ्यो नेप्से परिसूचक

PRIME CA
GLOBAL IME BANK

सोमबार ४४.३० अंकले बढ्यो नेप्से परिसूचक

२५ भाद्र २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ४४.३० अंकले बढेर १९८६.९९ बिन्दुमा पुगेको हो ।

सोमबार नेप्सेमा कुल २७८ कम्पनीको ४७ लाख ४२ हजार ५ सय ११ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ५१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार साल्ट ट्रेडिङ कर्पोरेशनको भएको छ । यस कम्पनीको ६ करोड २५ लाख ५२ हजार ४ सय ४८ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै सोमबारको सेयर बजारमा थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा मेंछियम हाइड्रोपावर, मोलुङ्ग हाइड्रोपावर, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, प्रोग्रेशिभ फाइनान्स र माउनटेन इनर्जी नेपालका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः


यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार साल्ट ट्रेडिङ कर्पोरेशनको भएको छ । यस कम्पनीको ६ करोड २५ लाख ५२ हजार ४ सय ४८ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा एभरेस्ट बैंक, सोल्टी सिमेन्ट, चिलिमे हाइड्रोपावर, शिवम् सिमेन्ट र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबारको सेयर बजारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दाधेरैले घटेको हो । सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२ को सेयरमा यस्तो गिरावट आउँदा ८.५% नेपाल बैंक डेबेञ्चर २०८७, आरबिबि म्युचुअल फण्ड-२, सुर्योदय वोमी लघुवित्त र आशा लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: