काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १९.४२ अंकले घटेर १९६७.५७ बिन्दुमा पुगेको हो ।
मंगलबार नेप्सेमा कुल २७६ कम्पनीको ३९ लाख १६ हजार १ सय ६१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व १३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल एसबिआई बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ७ करोड ५६ लाख १८ हजार ९ सय २० रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबारको सेयर बजारमा शुवम पावर लिमिटेडका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा समलिंग पावर कम्पनी, अपर स्याङ्गे हाइड्रोपावर, अरुण काबेली पावर, दोल्ती पावर कम्पनी र नबिल ब्यालेन्स फण्ड-२ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल एसबिआई बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ७ करोड ५६ लाख १८ हजार ९ सय २० रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, एभरेस्ट नेपाल, आइएमई लाइफ इन्स्योरेन्स, सोल्टी होटल र साल्ट ट्रेडिङको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । थ्री स्टार हाइड्रोपावरको सेयरमा यस्तो गिरावट आउँदा सुपर मादी हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र अपर सोलु हाइड्रो इलेक्ट्रिकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्