काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक ४२.१४ अंकले घटेर १९६४.९१ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल २७८ कम्पनीको ५६ लाख ५९ हजार ४ सय ५८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व २ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको २७ करोड ५४ लाख ७३ हजार ७२ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबारको सेयर बजारमा शुभम् पावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा थ्री स्टार हाइड्रोपावर, बुद्धभूमि नेपाल हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, कुमारी धनवृद्धि योजना र एभरेस्ट बैंक लिमिटेडका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको २७ करोड ५४ लाख ७३ हजार ७२ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, एभरेस्ट बैंक, शिवम् सिमेन्ट, आइएमई लाइफ इन्स्योरेन्स र सोल्टी होटलको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबारको सेयर बजारमा मोलुंग हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगटिभ सर्किट लागेको हो । मोलुंग हाइड्रोपावरको सेयरमा यस्तो गिरावट आउँदा भूगोल इनर्जी डेभलपमेन्ट, दोल्ती पावर, संगटी हाइड्रो इनर्जी र एभरेस्ट बैंक लिमिटेडमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्