काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १६.२४ अंकले बढेर १९८५.४३ बिन्दुमा पुगेको हो ।
मंगलबार नेप्सेमा कुल २७२ कम्पनीको ४३ लाख ३६ हजार ५ सय ८३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व १७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको १० करोड ६४ लाख ४२ हजार ६ सय ९१ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबारको सेयर बजारमा शुभम् पावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा थ्री स्टार हाइड्रोपावर, मेंछियम हाइड्रोपावर, बलेफी हाइड्रोपावर, अभियान लघुवित्त वित्तीय संस्था र पिपुल्स हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको १० करोड ६४ लाख ४२ हजार ६ सय ९१ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा ओरियन्टल होटेल, एनआइसी एशिया बैंक, माछापुच्छ्रे बैंक, शिवम् सिमेन्ट र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा इमर्जिङ्ग नेपालका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो । इमर्जिङ्ग नेपालको सेयरमा यस्तो गिरावट आउँदा आरबिबि म्युचुअल फण्ड-२, विशाल बजार कम्पनी, ओरियन्टल होटल र सिटिजन्स म्युचुअल फण्ड-२ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्