×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाइकोसँग मिलेर नेप्सेले नै सेयर लगानीकर्ताको गोप्य सूचना लिक गर्ने गरेको खुलासा, बोर्डले सोध्यो स्पष्टीकरण ! 

PRIME CA

वाइकोसँग मिलेर नेप्सेले नै सेयर लगानीकर्ताको गोप्य सूचना लिक गर्ने गरेको खुलासा, बोर्डले सोध्यो स्पष्टीकरण ! 

४ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले निजी कम्पनी वाइकोसँग मिलेर सेयर लगानीकर्ताको गोप्य सूचना लिक गरेको खुलासा भएको छ । नेप्सेको म्याचिङ इन्जिनमा पहुँच हुँदाहुँदै पनि नियमविपरित वाइकोसँग मिलेर टिएमएस बनाउन दिएर लगानीकर्ताको गोप्य सूचनामा पहुँच पुर्याउन दिएको पाइएको हो ।

यसो त नियमविपरित बजार प्रभावित पार्नेगरी एउटै निजी कम्पनीलाई दोहोरो काम गर्न दिनु गलत भएको भन्दै ब्रोकरहरुले पनि विरोध गर्दै आएका छन् । यसैबीच सेयर लगानीकर्ताको गोप्य सूचना लिक गरेको भन्दै नेपाल धितोपत्र बोर्डले नेप्सेलाई स्पष्टीकरण सोधेको छ । वाइकोसँग मिलेर सेयर लगानीकर्ताका सूचना लिक गरेको खुलासा भएपछि धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले नेप्सेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

नेप्सेले निजी कम्पनी वाइकोसँग मिलेर २०७५ सालदेखि अनलाइन माध्यमबाट सेयर कारोबार सुरु गरेको थियो । त्यसबेला वाइकोले भारतीय कम्पनी एकेएस इन्फरमेसन टेक्नोलोजी एण्ड सर्भिसेजबाट अनलाइन ट्रेडिङ सफ्टवेयरको युजर एसेप्टेन्स टेस्ट गरेपछि नेप्सेलाई उक्त सफ्टवेयर हस्तान्तरण गरेको थियो । पछि नेप्सेको म्याचिङ इन्जिन बनाएको वाइकोले ने ब्रोकर कम्पनीको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) पनि बनाएको थियो । 

तर, नेप्सेको म्याचिङ इन्जिन बनाएको वाइकोले नै ब्रोकरको टिएमएस बनाउनु गलत भएको बोर्डको निष्कर्ष रहेको छ । ब्रोकरको टिएमएस र नेप्सेको म्याचिङ इन्जिनको पहुँच एउटै कम्पनीमा हुँदा लगानीकर्ताको गोप्य सूचना लिक भई बजारमा काल्पनिक माग देखाउँदै सेयर मूल्य प्रभावित पार्न सकिने ब्रोकरहरुको दाबी छ । यद्यपि वाइकोले टिएमएस चलाउने हो भने पनि नेप्सेको म्याचिङ इन्जिनको काम गर्न नुहने ब्रोकरहरुको भनाई छ । 

यसैबीच नेप्सेले वाइकोसँग मिलेर सेयर कारोबारको सम्पूर्ण तथ्यांकमा पहुँच दिएको भन्दै धितोपत्र बोर्डले स्पष्टीकरण सोधेको हो । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: