×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार नेप्सेमा दोहोरो अंकको बढोत्तरी, ३ अर्व २९ करोडमाथिको कारोबार

PRIME CA
GLOBAL IME BANK

बिहीबार नेप्सेमा दोहोरो अंकको बढोत्तरी, ३ अर्व २९ करोडमाथिको कारोबार

४ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ बिन्दुमा पुगेको हो ।

बिहीबार नेप्सेमा कुल २७८ कम्पनीको १ करोड १२ लाख ६४ हजार ३ सय ९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व २९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको २० करोड १८ लाख ३६ हजार ४ सय ८३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बिहीबारको सेयर बजारमा नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा दिव्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर र थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः


यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको २० करोड १८ लाख ३६ हजार ४ सय ८३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, एनआइसी एशिया बैंक, हिमाला दोलखा हाइड्रोपावर र सोल्टी होटलको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा एनआईबिएल ग्रोथ फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको हो । एनआईबिएल ग्रोथ फण्डमा यस्तो गिरावट आउँदा अभियान लघुवित्त वित्तीय संस्था, एनआइबिएल प्रगति फण्ड, एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड-२ र आरबिबि म्युचुअल फण्ड-१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: