काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ५.८९ अंकले घटेर २००४.४५ बिन्दुमा पुगेको हो ।
सोमबार नेप्सेमा कुल २८४ कम्पनीको ६५ लाख १६ हजार ६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ५६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सन नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ७ करोड ६८ लाख ९६ हजार ६ सय ४ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै सोमबारको सेयर बजारमा माई खोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा एशियन हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, हिमालयन लघुवित्त वित्तीय संस्था र हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सन नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ७ करोड ६८ लाख ९६ हजार ६ सय ४ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, एनआइसी एशिया बैंक, शिवम् सिमेन्ट, हिमाल दोलखा हाइड्रोपावर र अपर लोहोरे खोला हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबारको सेयर बजारमा शुवम पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । शुवम पावरमा यस्तो गिरावट आउँदा थ्री स्टार हाइड्रोपावर, अपर लोहोरे खोला हाइड्रोपावर, स्वोरोजगार लघु वित्त विकास बैंक र एनएमबि माइक्रो फाइनान्स वित्तीय संस्था मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्