काठमाडौं । नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्यसम्बन्धी जनचेतना बढाउने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । यही असोज २५ गते अर्थात् अक्टोबर १२ तारिखको दिन विश्व दृष्टि दिवसको अवसरमा संघले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा सहभागी भई उत्कृष्ट हुने टिकटक भिडियोलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गर्ने संघले जनाएको छ । प्रतियोगीले आँखा स्वास्थ्यमा केन्द्रित भई जनचेतनामूलक भिडियो निर्माण गर्नुपर्नेछ ।
सङ्घका महासचिव भरत बहादुर चन्दका अनुसार सन् २०२१ मा भएको आरएएबी सर्वेले समेत नेपालमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको हो ।
आईकेयर फाउन्डेशनको सहयोगमा आयोजना गरिएको प्रतियोगितामा प्रतियोगीहरूले निर्माण गरेको भिडियोको विषयवस्तु मौलिक हुनुपर्नेछ भने भिडियोमा सामाजिक सद्भावमा खलल पार्ने तथा कुनै पनि किसिमको समाजलाई नकारात्मक प्रभाव पार्ने संवाद वा विषयवस्तु समावेश गर्न पाइने छैन ।
प्रतियोगीले असोज २३ गते ५ बजेसम्ममा भिडियोको लिङ्क पठाउन सक्नेछन् त्यसपछि प्राप्त लिङ्कलाई प्रतियोगितामा समावेश नगरिने सङ्घका कार्यक्रम व्यवस्थापक रञ्जन साहको भनाइ छ । विजेताको घोषणा असोज २५ गते विश्व दृष्टि दिवसको दिन गरिनेछ र सोको जानकारी नेपाल नेत्रज्योति सङ्घको टिकटक तथा फेसबुकमार्फत गराइने सङ्घले जनाएको छ ।
पछिल्लो समय मानिसहरूमा आएको सामाजिक सञ्जालहरूको बढ्दो लोकप्रियतालाई मध्यनजर गरेर जनचेतनाका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष प्रा.डा. चेतराज पन्त जानकारी दिएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्