Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकद्वारा ३०.५२६३ प्रतिशत लाभांश प्रस्ताव

अर्थ सरोकार

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आर्थिक वर्ष २०५९/८० को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । बैंकको भदौ २८ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको चुक्ता पुँजीको ३०.५२६३ प्रतिशत लाभांश (३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६ रुपैयाँ) र र १.५२६३ प्रतिशत नगद लाभांश (रू. १७ करोड ६५ लाख ३ हजार २ सय ४० रुपैयाँ) लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २६औं वार्षिक साधारण सभाको स्वीकृत पश्चात् आवश्यक नियमनकारी प्रक्रिया पूरा गरी बैंकका सेयरधनीहरूलाई वितरण गरिने भएको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK