काठमाडौं । मिड सोलु हाइड्रोपावरको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । हाइड्रोपावर र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार नियुक्ति सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।
उक्त सेयर रजिष्ट्रार सेवाअन्तर्गत मिड सोलु हाइड्रोपावरको संस्थापक समूह तथा सर्वसाधारणमा निष्काशन गरिएको साधारण शेयरहरु सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सेयर कारोबारको लागि सूचिकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँड भएको साधारण सयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने काम क्यापिटलले गर्ने भएको छ ।
साथै कारोबार भएको सेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु शुक्रबारदेखि थापाथलीको एनआईसी एशिया क्यापिटल लिमिटेडबाट हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्