काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
रिजालको उपचारका क्रममा बिहीबार बिहान ग्राण्डी अस्पतालमा निधन भएको हो । उनी पछिल्लो केही दिनदेखि डेंगुबाट संक्रमित थिए । संक्रमणपछि उपचारका क्रममा उनको अस्पतालमा निधन भएको अस्पताल स्रोतले पुष्टी गरेको छ ।
रिजाल नेपाली कांग्रेसका काठमाडौं क्षेत्र नम्बर ७ क्षेत्रीय सभापति समेत हुन् ।