काठमाडौं । एचआर प्रमुख कमल पोखरेलको हेपाईले हद नाघेको भन्दै एनएमबि लघुवित्तका सयौं कर्मचारीहरुले सामुहिक राजिनामा दिँदै आन्दोलन गरेपछि अन्ततः लघुवित्तका एचआर प्रमुख पोखरेलले संस्था छाडेका छन् । कर्मचारीहरुलाई दुर्व्यवहार गरेको, मनपरी बोलेको, काम चोर भनेको, जागिरबाट निकाल्ने धम्की दिएको र काम गर्ने वातावरण बिगारेको भन्दै पोखरेलको राजिनामालाई ‘बटम लाइन’ बनाएर कर्मचारीहरु आन्दोलनमा होमिएका थिए । संस्थाको काम नै ठप्प भएपछि बसेको संस्थाको आकस्मिक बैठकले पोखरेललाई राजिनामा दिन सुझाएको थियो ।
सुरुमा आफ्नो केही गल्ती नभएको दाबी गरेका पोखरेलले पछि भने पोखरेलले जाखिर नछोडेको खण्डमा संस्थाले बर्खास्ती पत्र थमाउने गरी सञ्चालकहरुको तयारी भएको थाहा पाएर राजिनामा दिएको बुझिएको छ । पोखरेलले संस्थाबाट राजिनामा दिएको पुष्टि गरेका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै पोखरेलले आफूले संस्था छोडेको स्वीकारेका छन् । यद्यपी उनले आफूलाई संस्थाले बर्खास्त नगरेको बरु आफैंले स्वइच्छाले राजिनामा दिएको दाबी गरेका छन् । ‘तपाईंले राजिनामा दिएको हो कि तपाईंलाई बर्खास्त गरिएको हो ?’ भन्ने अर्थ सरोकारको प्रश्नमा उनले भने, ‘मलाई बर्खास्त गरिएको होइन, मैले नै राजिनामा दिएको हो ।’
यता कर्मचारीहरुले भने संस्थाको मुख्य समस्या पोखरेल नै भएकाले उनको बहिर्गमनसँगै अब एनएमबीले गति लिने भन्दै उत्साहित बनेका छन् । ‘हाम्रो संस्थाको राष्ट्रिय समस्या भनेकै कमल पोखरेल थिए । अब उनले नै राजिनामा दिएपछि संस्था सुध्रिन्छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै एनएमबीका एक कर्मचारीले भने, ‘बाँकी सामुहिक राजिनामा के गर्ने भन्ने विषय छलफल गरिरहेका छौँ ।’
यता पोखरेलको राजिनामा स्वीकृत भइसकेको छ । एनएमबीका एक उच्च अधिकारीले उनको राजिनामा स्वीकृत भएको पुष्टि गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्