काठमाडौँ । नेपाल आयल निगमले सर्वसाधारणका लागि प्राथामिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । नेपाल एलपी ग्याँस उद्योग संघको २८औँ वार्षिक साधारण सभामा बोल्दै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले छिट्टै निगमले आईपीओ जारी गर्ने बताएका हुन् ।
निगमले आईपीओ जारी गर्ने विषयमा धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७औं पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको थानीले बताएका छन् ।
कम्तीमा दुई वर्षको फाइदा भएपछि मात्रै आइपिओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधारणका लागि आईपिओ जारी गर्न निगम प्रतिवद्ध रहेको थानीले बताएका छन् । ‘धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७औं पटक संशोधन भएको छ ।’, उनले भने, ‘कम्तिमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था छ । निगम यो विषयमा प्रतिवद्ध छ ।’
त्यस्तै, निगमले सर्वसाधारण जनतालाई पनि निगमको मालिक बनाउनका लागि आईपीओ जारी गर्न लागेको निगमका कार्यकारी निर्देशक थानीले बताएका छन् । उनले व्यवसायीहरुलाई स्टक होल्डर बनाउने र सर्वसाधारण जनतालाई आईपीओ दिने तयारी गरेकोसमेत बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्