×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बरिष्ट पत्रकार पराजुलीको निधन 

PRIME CA

बरिष्ट पत्रकार पराजुलीको निधन 

२६ भाद्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बरिष्ट पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । पराजुलीको उपचारकाे क्रममा मंगलबार बिहान बी एण्ड बी अस्पतालमा ५८ बर्षको उमेरमा  निधन भएकाे हाे। निमाेनिया भएर अस्पताल भर्ना भएका उनको मल्टिपल अर्गान फेलियरका कारण निधन भएकाे अस्पतालले जनाएको छ ।
साझा प्रकाशनको सञ्चालक समिति सदस्य  रहेका र पत्रकारितासँगै साहित्यमा पनि सक्रिय पराजुलीले  हिमाल खबरपत्रिका, नेपाल समाचारपत्र, नागरिक, अभियान, बाह्रखरी डटकम, क्यापिटल बिजनेश म्यागजिन लगायतका मिडियामा काम गरेका थिए ।
पराजुलीका श्रीमती, एक छोरा र एक छोरी छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: