काठमाडौं । पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै पशुपति मन्दिर क्षेत्र वरिपरि मासु र मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको हो ।
मन्दिर क्षेत्रभित्र पवित्रता कायम गर्नका लागि असोज १ गतेदेखि मन्दिर वरिपरि मासु र मदिरा बिक्रीमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
प्रशासन कार्यालयका अनुसार पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला तोकेर मासु र मदिरा बिक्रीमा रोक लगाइएको हो ।
प्रशासनले तोकेको क्षेत्रभित्र भदौ ३१ गतेदेखि नै मासु, मदिरा तथा नशालु पदार्थको उत्पादन, बिक्री वितरण तथा ओसारपसार र भण्डारण गर्न पाइनेछैन । यसरी नियमविपरीत कसैले मासु र मदिराजन्य वस्तुको उत्पादन र कारोबार गरेको पाइएका कारवाही गरिने प्रशासनले चेतावनीसमेत दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्