×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिजको रौनकः पशुपतिमा दर्शनार्थीको घुइँचो… (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार

PRIME CA

तिजको रौनकः पशुपतिमा दर्शनार्थीको घुइँचो… (फोटो-कथा)

काठमाडौं । हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । तीज पर्वमा पशुपतिनाथ मन्दिर पुग्ने भक्तजनका लागि सोमबार मन्दिरकोे चारैवटा ढोका खुला गरिएको छ । तीजको दिन (सोमबार) बिहानैदेखि पशुपति मन्दिरमा भक्तजनहरुको थेगिनसक्नुको भीड छ ।

पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा लामको व्यवस्था गरिएको छ । पशुपतिनाथ नित्य दर्शनार्थीलाई कोषल ६ः०० बजे अगाडि नै दर्शन गराइएको थियो । बिहान ६ः०० बजेपछि भने महिला बर्तालुलाई मात्र पशुपतिनाथ मूल मन्दिरमा प्रवेश दिइएको कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायका समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ । बिहानी समयमा भक्तजन लाममा बसेको आध घण्टामा दर्शन गरी फर्किएका छन् । पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क पानी वितरण, खोजतलास केन्द्रलगायत सेवाको पनि व्यवस्था गरिएको छ । सोमबार काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मखन महादेव मन्दिर क्षेत्रलगायत साना–ठूला शिवालयमा भक्तजनको भीड लागेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: