×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पठाओद्वारा नि:शुल्क फुड डेलिभरी सेवा सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पठाओद्वारा नि:शुल्क फुड डेलिभरी सेवा सुरु

Artha Sarokar

१७ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालको अग्रणी राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले अव देखि नि: शुल्क फुड डेलिभरी सुरु गरेको छ । ‘रेस्टुरेन्टको दाममा घरमै खाम’ भन्ने नाराका साथ पठाओले बिहान ९ बजेदेखि मध्यरात १२ बजेसम्मका सबै फुड अर्डरहरु नि:शुल्क डेलिभरी सुरु गरेको पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले बताएका थिए ।

पठाओ नेपालले सेप्टेम्बर २४ मा आफ्नो पाँचौं वार्षिकोत्सब मनाउँदै छ । आफ्नो वार्षिकोत्सबलाई लक्षित गर्दै कम्पनीले वार्षिकोत्सब महिनाको पहिलो दिन नि:शुल्क डेलिभरी योजना सार्वजनिक गरेको थापाले जानकारी दिए । यो महिना अरु पनि विभिन्न योजना र सहुलियत सार्वजनिक गर्ने कम्पनीको योजना रहेको छ ।

बिहान ९ बजे देखि राती ३ बजे सम्म फुड डेलिभरी गर्दै आएको पठाओ फुडले मध्यरात १२ बजेदेखि तीन बजेसम्म (तीन घण्टा) अवधीको फुड डेलिभरीमा भने १५० रुपैयाँ शुल्क लिनेछ ।

गत जुन १० देखि जुन ३० सम्म कम्पनीले फुड फेस्ट सम्पन्न गरेको थियो । त्यसक्रममा कम्पनीले डेढ लाखभन्दा बढी अर्डर डेलिभरी गरेर फुड डेलिभरीमा नयाँ रेकर्ड कायम राखेको थियो । सो फुड फेस्ट पछि कम्पनीको दैनिक अर्डर पनि बढेको थापाले जानकारी दिए ।

फुड फेस्ट बाहेक पनि पठाओ फुडले हरेक दिनजसो विभिन्न अफरहरु ल्याएर आफ्ना सेवाग्राहीहरुलाई विभिन्न छुटहरु दिइरहेको छ । कम्पनीले ६ सयभन्दा बढी रेष्टुरेन्टबाट सेवा प्रदान गरिरहेको पठाओ फुडले ग्राहकलाई सबैभन्दा छिटो डेलिभरी गरिरहेको कम्पनीको दावी छ ।

नेपालमा सन् २०१८ को सेप्टेम्बर २४ देखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्ट ९ देखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो । सन् २०२० सेप्टेम्बर २४ मा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो ।

त्यस्तै सन् २०२१ जुन १३ बाट ग्रोसरी सामान डेलिभरी गर्दै ‘पठाओ बजार’ पनि सुरु गरेको पठाओले सन् २०२३ अगस्ट ९ देखि पठाओ पार्सल सुरु गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी