×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रतिबन्धपछि पनि बजारमा देखिन थाले प्लाष्टिकका फूलमाला 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रतिबन्धपछि पनि बजारमा देखिन थाले प्लाष्टिकका फूलमाला 

Artha Sarokar

२ आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चाडपर्व नजिकिएसँगै पछिल्ला दिन बजारमा प्लाष्टिकका फूल र मालाको व्यापार बढेको छ । चाडपर्वमै धेरै खपत हुने भएर पनि होला केही समय अघिसम्म कहिँकतै नदेखिने प्लाष्टिकका फूल, माला तथा पुष्पगुच्छा अहिले बजारमा छ्यापछ्याप्ती भेटिन्छन् । 

यसो त काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८० ८१ को सुरुवात अर्थात साउन १ गतेदेखि बाट प्लाष्टिकका फूलमाला तथा पुष्पगुच्छाको उत्पादन तथा बिक्रीवितरणमा रोक लगाएको थियो । तर, पनि बजारमा प्लाष्टिकका मालाको बिक्रीवितरण भने खुलेयाम भई नै रहेको छ । 

अझ १ असोज अर्थात विश्वकर्मा पूजाको दिन प्लाष्टिकका फूलगुच्छा तथा मालाको व्यापार राम्रै भयो । ‘विश्वकर्मा पूजा भएर पनि होला फूलमालाको व्यापार धेरै राम्रो भयो’, कोटेश्वरका एक व्यापारीले भने, ‘प्रयोग गर्न सजिलो भएर होला धेरै ग्राहकहरु प्लाष्टिककै माला र फूल खोज्छन् । हामीले माग अनुसार आयात गर्ने र बेच्ने मात्रै हो । दशैँ तिहारमा माग झन् बढ्ने अनुमान छ ।’ 

प्लाष्टिकका फूलमालामा लगाइएको प्रतिबन्धपछि पनि बजारमा प्लाष्टिकका फूलमाला देखिनु अनुगमन प्रभावकारी नहुनु रहेको स्वयम् महानगरपालिकाका एक कर्मचारीले स्वीकार गरेका छन् । 

‘प्रतिबन्धपछि पनि प्लाष्टिकका फूलमालाको कारोबार भइरहेको छ भन्दा अचम्म लाग्यो । तर, यो अनुगमन प्रभावकारी नहुँदा देखिएको समस्या हो ।’, महानगरका एक कर्मचारीले भने, ‘यसतर्फ महानगर सचेत छ । तत्कालै एक्सन लिन्छौँ ।’ 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी