Skip to content
LAXMI SUNRISE BANK

पोर्चुगल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

अर्थ सरोकार

काठमाडौं । पोर्चुगल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । प्युठान जिल्ला मल्लरानी गाउँपालिका वडा नं. ४ खलंगा स्थाई घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. २६ सामाखुशी बस्ने २८ वर्षीय नवराज खड्का पक्राउ परेका हुन् ।

उनले सन्दिप परियारलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु, त्यसको लागि १५ लाख रुपैयाँ लाग्छ, पोर्चुगल पुगेपछि फ्याक्ट्री वर्करमा काम लगाइदिन्छु, मासिक १ लाख ५० हजार भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा रकम ठगी गरेका थिए ।

खड्काले  पीडितबाट पटकपटक गरी ३ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले टोलीले उनलाई भदौ १५ गते सामाखुशीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका खड्कालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK