×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कमल बुढाको संयोजकत्वमा क्रान्तिकारी प्रेस संगठन घोषणा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कमल बुढाको संयोजकत्वमा क्रान्तिकारी प्रेस संगठन घोषणा

८ आश्विन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठन नेपालबीच एकता भएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच दुवै संगठनबीच एकता भएको हो । उक्त एकता भेला कार्यक्रमले संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’ पारित गरेको छ ।

उक्त भेलाबाट संगठनको संयोजकमा कमल बुढा नियुक्त भएका छन् भने सहसंयोजकमा नारायण पंगेनी निर्वाचित भएका छन् । एकता भेलामा क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठनका देशैधरीका प्रतिनिधिहरुको उपस्थिति रहको थियो भने भेलाले ६५ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक कमिटीसमेत निर्माण गरेको छ ।

त्यस्तै, भेलाले पत्रकारहरूको पेसागत सुरक्षाका विषयमा सशक्त आवाज उठाउने प्रस्ताव पारित गरेको संगठनका सहसंयोजक नारायण पंगेनीले जानकारी दिएका छन् । पंगेनीका अनुसार भेलामार्फत नेपाल पत्रकार महासंघले शुद्धीकरणका नाममा पार्टीमा आस्था राखेकै आधारमा महासंघको सदस्यताबाट पत्रकारलाई बञ्चित गर्ने कार्यको भण्डाफोर गर्नेलगायतका समसामयिक प्रस्ताव पारित गरेको छ । नवनिर्वाचित कमिटीको बैठक चाँडै बसेर संगठन र सङ्घर्ष सम्बन्धी निर्णय लिइने क्रान्तिकारी प्रेस संगठनले जनाएको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) पार्टीबीच गत वैशाख १८ गते एकता भई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल घोषणा भएको थियो । दुई पार्टीबीच एकतापछि त्यसका जनवर्गीय तथा शुभेच्छुक संस्थाहरूबिच एकता प्रक्रिया कार्यक्रम जारी रहेको क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोलाले बताएका छन् । यसअघि विद्यार्थी, युवा, महिला, मजदुर, बुद्धिजीवी लगायतका जनवर्गीय संगठनका एकता सम्मेलन सम्पन्न भइसकेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: