×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

प्राइम बैंकको दादागिरी : राष्ट्र बैंकको नियम मिचेर बचत खातामा ब्याज बढोत्तरी, राष्ट्र बैंक भन्छ- ‘नसच्याए कार्वाही हुन्छ’

SAGARMATHA CEMENTS

काठमाडौँ । सरकारी जग्गा धितो राखेर ऋण दिएको आरोप सेलाउन नपाउँदै प्राइम कमर्सियल बैंक लिमिटेडले राष्ट्र बैंकको नियमविपरित बचत खातामा ब्याज बढाएर पुन: दादागिरी देखाएको छ । आइतबार असोज महिनामा लागू हुने ब्याजदर सार्वजनिक गर्दै प्राइमले राष्ट्र बैंकको नियमको धज्जी  उडाएको हो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन नं १५/०७९ मा सम्बन्धित वर्गका बैंकले प्रकाशित गरेको औसत ब्याजदरको १० प्रतिशतभन्दा ब्याज बढाउन नमिल्ने व्यवस्था छ । प्राइम कमर्सियल बैंकले भने सो नियमविपरित ब्याज बढाएको हो ।

भदौ महिनाको क वर्गका बैंकको बचत निक्षेपमा औसत ब्याजदर ५.५०४ प्रतिशत रहेको बैंकर्स संघको भनाई छ । यसमा १० प्रतिशतको क्यापको हिसाब गर्ने हो भने बैंकले ६.०५४ प्रतिशतभन्दा बढी ब्याज पुर्याउने काम नियम विपरित हुन्छ । तर, प्राइम कमर्सियल बैंक लिमिटेडले भने बचतमा ६.३५८ प्रतिशत ब्याज दिने सूचना जारी गरेको छ ।
यता नेपाल राष्ट्र बैंकले पनि प्राइमको प्रकाशित ब्याजदर नियमविपरित भएको पुष्टी गरेको छ । ‘हामीले पनि केहि समय अघि मात्र खबर पायौँ । सायद बैंकले भोलि सो सूचना सच्याउनेछ । नसच्याए बैंकलाई राष्ट्र बैंकले कारवाही गर्छ ।’ नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘यस्ता घटना पहिला पनि भएका थिए । बैंकहरुले ब्याजदर सच्याउने प्रतिबद्धतापछी कारवाही रोकिएको थियो, र पछि व्याजदर सच्चिएको पनि थियो ।’
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal