×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली क्रिकेट टिमको हौसला बढाउन रवि लामिछाने श्रीलंका गए

अर्थ सरोकार

प्रकाशित मिति : १७ भाद्र २०८०, आईतवार

PRIME CA

नेपाली क्रिकेट टिमको हौसला बढाउन रवि लामिछाने श्रीलंका गए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने श्रीलंका गएका छन् । एशिया कप अन्तर्गत नेपाल र भारतबीचको क्रिकेट हेर्न रवि श्रीलंका गएका हुन् ।

सोमबार हुने खेलमा नेपाली क्रिकेट टिमलाई समर्थन गर्न र खेलाडीहरुको हौसला बढाउनका लागि रवि श्रीलंका गएका हुन् ।

नेपाल र भारतबीचको खेल सोमबार दिउँसो सवा ३ बजे सुरु हुनेछ । यसअघि नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।

नेपाल र भारतबीचको क्रिकेटमा नेपाली टिमलाई समर्थन गर्न काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) पनि श्रीलंका जाने भएका छन् । उनी आइतबार दिउँसो हिमालयन एयरलाइन्समार्फत श्रीलंका जान लागेका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: