काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सार्वजनिक लेखा समितिले लेखापरीक्षण गर्नेहरु वित्तीय अनुशासनमा भए/नभएको विषयमा छानबिन गर्न आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा लिङदेनले यस्तो बताएका हुन् ।
अध्यक्ष लिङदेनले महालेखा परीक्षकहरुले अंकमा बेरुजु देखाउने मात्रै नभएर जवाफदेही बनाउनुपर्ने बताएका छन् । ‘वर्षैपिच्छे बेरुजु बढ्दै जानुपर्ने कारण के हो ? त्यसमा पनि बेरुजुको आधा हिस्सा भन्दा बढी देशको अर्थतन्त्र र भौतिक पूर्वाधार मन्त्रालयय अन्तरगत हुने कारण महालेखापरीक्षकको दृष्टिकोणमा देशको ऐन कानून वा नेतृत्वको कारण छ । यस्ता कुराहरु आउनुपर्छ ।’, उनले भने, ‘बेरुजुसँग कोही न कोही जोडिनुपर्छ । कसको कार्यकालमा भएको हो जवाफदेही को हुनुपर्छ ? महालेखा परीक्षकले अंकमा बेरुजु देखाइदिएर मात्रै पुग्दैन जवाफदेही पनि बनाउन सक्नुपर्छ ।’
त्यस्तै, अध्यक्ष लिङदेनले हरेक वर्ष उच्च रुपमा बेरुजु बढ्नुको प्रमुख कारण समेत महालेखापरीक्षकले छुट्याउन आवश्यक रहेको बताएका छन् । उनले बेरुजुको आधा हिस्सा भन्दा बढी देशको अर्थ मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयय अन्तर्गत हुने कारण देशको ऐन कानून वा नेतृत्व बारेमा महालेखापरीक्षकको दृष्टिकोण प्रष्ट हुन आवश्यक रहेको उल्लेख गरेका छन् ।
योसँगै अध्यक्ष लिङदेनले महालेखाले बेरुजु देखाउने तर जवाफदेही व्यक्ति माथिल्लो निकायमा गएर थप बेरुजु थप्दै जान दिन नहुने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्