×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आयातमा भन्दा आन्तरिक उत्पादनको बजारीकरणमा जोड दिन मन्त्री रिजालको आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आयातमा भन्दा आन्तरिक उत्पादनको बजारीकरणमा जोड दिन मन्त्री रिजालको आग्रह

Artha Sarokar

२५ भाद्र २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रि रमेश रिजालले पछिल्लो समय व्यापारिहरु खाद्यान्न समेत आयात गर्न अग्रसर देखिएको बताउँदै स्थानीय उत्पादनलाई बढी प्राथमिकता दिन आग्रह गरेका छन् ।

मन्त्रि रिजालले उद्योग व्यवसायले गति नलिएसम्म आर्थिक रुपान्तरण हुन नसक्ने बताउँदै यसले मुलुक समृद्धीको बाटोमा लम्कीन नसक्ने  बताएका थिए । मन्त्री रिजालले आइतबार बीरगन्जमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले आयोजना गरेको वाणिज्य नीति मस्यौदाका सम्बन्धमा मघेस प्रदेश स्तरीय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आन्तरिक आपूर्ति तथा मूल्य शृंखला सुदृढ तुल्याउने उद्देश्यले वाणिज्य नीति २०७२ लाई समसामयिक परिमार्जन गर्ने तयारी थालेको छ । यस्तै, मन्त्रालयले वाणिज्य नीति मार्फत बजार विकास गर्ने, मूल्य श्रृंखलासँग लाभदायी सम्बन्ध गाँस्ने र प्राथमिक उत्पादकदेखि अन्तिम उपाभोक्तासम्म वस्तु तथा सेवाको प्रवाह लागत-प्रभावी बनाउनेगरी नीति परिमार्जन गर्न लागेको हो ।

मन्त्राललयले नयाँ वाणिज्य नीति २०८० को मस्यौदा तयार गरी सरोकारवालाहरुसँग छलफल अगाडि बढाएको हो । मन्त्रालयले वाणिज्य नीतिको मस्यौदा सम्बन्धमा प्रदेश स्तरीय छलफलको क्रममा मधेश प्रदेशको वीरगंजमा छलफल गरेको हो । छलफलमा मन्त्री रिजालले स्थिर सरकार नबन्दासम्म उद्योग वाणिज्य क्षेत्रमा देखिएका अहिलेका समस्या समाधान गर्न कठिनाई हुने बताएका थिए ।

मन्त्री रिजालले परिस्थिति बस मुलुकले राजनीतिक रुपमा धेरै उतारचढाव हेरी सकेकोले अवका दिन आर्थिक विकास र निमार्णको रुपमा अघि बढनुपर्नेमा जोड दिएका थिए । सरकारले उद्योग ब्यापार गर्ने होईन सहजिकरणसम्म गरी दिने हो भन्दै मन्त्रि रिजालले उद्योग व्यापार नीजि क्षेत्रले नै गर्ने हो र जसका लागि सहजिकरण गर्न सरकार तैयार रहेको बताएका थिए । सरकारका तर्फबाट हुन सक्ने सबै प्रकारको सहयोग र सहकार्य गर्न सरकार तैयार रहेको स्पष्ट पार्दै मन्त्रि रिजालले दुबिधामा नपर्न आग्रह गरेका थिए ।

उद्योगि व्यपारी माथि शङ्का उपशङ्का एंव नकारात्मक दृष्टिकोणले हेर्नेहरुलाई ब्यवसायीहरुले ब्यापार गरेर सहज रुपमा पैसा कमाउनु भन्दा मेहनत गरेर राष्ट्रलाई सहयोग गर्न समेत मन्त्रि रिजालले सुझाव दिएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी