काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको चुक्ता पुँजीका आधारमा कायम कुल ४ करोड कित्ता सेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले रिलायबलको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार प्रतिकित्ता न्युनतम १६२.२९ रुपैयाँदेखि अधिकतम ४८६.८७ रुपैयाँसम्म तोकेको छ । अब आइतबार इन्स्योरेन्सको पहिलो कारोबार सोही मूल्यभित्र रहेर खुला हुनेछ । ‘आरएनएलआई’ संकेतमा यसको सेयर कारोबार हुनेछ ।