×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुटिन अफ नेपाल बन्द पुनः सुचारु 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रुटिन अफ नेपाल बन्द पुनः सुचारु 

Artha Sarokar

४ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । यसअघि अनपब्लिस भएको फेसबुक पेज रुटिन अफ नेपाल बन्द (आरओएनबि) पुनः सुरु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा चर्चित सञ्चार माध्यम आरओएनबि बिहीबारदेखि सञ्चालनमा आएको हो । 

केही समय अगाडि काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)को पुत्रीलाभको खबरको विषयलाई लिएर आलोचना भएपछि सञ्चालक भिक्टर पौडेलले सो पेज नै अनपब्लिस गरेका थिए । 

युवा वर्गमा विश्वासिलो सञ्चारमाध्यमका रुपमा स्थापित भइसकेको आरओएनबि अनपब्लिस भएपछि बजारमा सो पेजका फलोअर्सले दुख मानेका थिए । अधिकांशले रुटिन अफ नेपाल बन्द फिर्ता हुनुपर्ने मागसमेत गरेका थिए ।

सोही अनुसार बिहीबारदेखि रुटिन अफ नेपाल बन्द पेज सञ्चालनमा आएको छ । पेज पुनः सुचारु भए पनि अब भने पेजको नाम परिवर्तन हुने आरओएनबिका एक कर्मचारीले बताएका छन् । ती कर्मचारीका अनुसार केही दिनमा पेजको नाम ‘रुटिन अफ नेपाल’ मात्रै रहनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी