×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘रुटिन अफ नेपाल बन्द’ बन्द भएको हो ?

PRIME CA

‘रुटिन अफ नेपाल बन्द’ बन्द भएको हो ?

१८ भाद्र २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा चर्चित सञ्चार माध्यम रुटिन अफ नेपाल बन्द (आरओएनबी) बन्द भएको छ । सोमबार फेसबुकमा एक स्टाटस लेख्दै आरओएनबीका सञ्चालक भिक्टर पौडेलले आरओएनबी पेज बन्द गरेको घोषणा गरेका हुन् ।

आरओएनबीको फेसबुक पेजलाई अनपब्लिस गरेको स्क्रिनसट आफ्नो फेसबुकमा राख्दै पौडेलले आरओएनबी बन्द गरेको घोषणा गरेका हुन् । ‘अब अट्याक गर्नुपर्दैन । स्वार्थले खोलेको थिएन । त्यही भएर बाल छैन । बाँकी कुरा पछि गरौंला ।’, भिक्टरले लेखेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत चर्चामा आएको आरोएनबी पेजलाई भिक्टरले पछिल्लो समय सूचना तथा सञ्चार विभागमा दर्ता गरेर सञ्चारमाध्यमकै रुपमा सञ्चालन गर्दै आएका थिए । तर, पछिल्लो समय काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)को स्टाटस प्रकरणपछि आरओएनबीको चर्को आलोचना भएको थियो । बालेनको स्टाटस प्रकरण सेलाउन नपाउँदै पेज नै बन्द भएपछि धेरैले सोही कारण पेज बन्द भएको आशंका गरेका छन् ।

तर, पेज बन्द गर्नुको खास कारण यही हो भन्ने खुलेको छैन । आरओएनबीको फेसबुक पेज बन्द भए पनि वेबसाइट, टिकटक र ट्वीटर भने सञ्चालनमै रहेको छ । भिक्टरले फेसबुक पेजमात्रै बन्द गरेका हुन् वा कम्पनी नै बन्द गर्न लागेका हुन् त्यो भने खुलेको छैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: