Skip to content
LAXMI SUNRISE BANK

साधना लघुवित्त र सबैको लघुवित्त एकआपसमा मर्ज हुने

अर्थ सरोकार

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था एकआपसमा मर्ज हुने भएका छन् । दुवै कम्पनीले एक आपसमा मर्जरमा जाने सहमतिपत्रमा भदौ १५ गते शुक्रबार हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता भएसँगै दुवै कम्पनीको आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का हुनेछ ।

साधना लघुवित्तको प्रमुख संस्थापकमा कुमारी बैंक, शांग्रिला डेभलपमेन्ट बैंक, एक नारायण चापागाई रहेका छन् भने सबैको लघुवित्तको प्रमुख संस्थापाकमा शशिकान्त अग्रवाल, पृथ्वी, चन्द्र ढकाल, हेमराज ढकाल, रेखा घिमिरे रहेका छन् ।

साधना लघुवित्तको केन्द्रीय कार्यालय गोरखामा रहेको छ । यस्तैगरी सबैको लघुवित्तको केन्द्रीय कार्यालय तनहुँमा रहेको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK