×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेशी सम्बन्धन प्राप्त विद्यालयप्रति कठोर बन्दै सरकार, सर्त पूरा नगरे बन्द गरिने भएपछि सञ्चालकहरुको छटपटी !

PRIME CA

विदेशी सम्बन्धन प्राप्त विद्यालयप्रति कठोर बन्दै सरकार, सर्त पूरा नगरे बन्द गरिने भएपछि सञ्चालकहरुको छटपटी !

२९ भाद्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकार विदेशी सम्बन्धन प्राप्त विद्यालयहरुप्रति कठोर बन्ने देखिएको छ । सरकारले विदेशी बोर्ड वा शिक्षण संस्थासँग आवद्ध भएर नेपालभित्र सञ्चालनमा रहेका विद्यालयले सर्त उल्लंघन गरे कडा कारबाही गर्ने ऐन ल्याएर कठोर बन्ने संकेत देखाएको हो । संसद् सचिवालयमा दर्ता गरिएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा कडा कारबाहीको व्यवस्था गरिएको हो ।
विधेयकमा कूटनीतिक नियोगले अनुरोध गरेमा सरकारले सर्त तोकी विद्यालय स्थापना र सञ्चालन गर्न अनुमति दिन सक्ने व्यवस्था छ ।
विधेयकमा भनिएको छ- ‘यसका साथै यसअघि स्थापना भएका विद्यालयको बचाउ गरिएको छ भने सर्त उल्लंघन भएमा अध्ययनरत विद्यार्थीलाई अन्यत्र अध्ययन गर्ने व्यवस्था मिलाई त्यस्ता विद्यालय बन्द गरिने व्यवस्था गरिएको छ’ विधेयकमा भनिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: