×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतका गभर्नर शक्तिकान्त दास बने विश्वकै उत्कृष्ट गभर्नर

PRIME CA
GLOBAL IME BANK

भारतका गभर्नर शक्तिकान्त दास बने विश्वकै उत्कृष्ट गभर्नर

१७ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबिआई)का गनर्भर शक्तिकान्त दास विश्वकै उत्कृष्ट गभर्नरको सूचीमा परेका छन् । गभर्नर दासलाई ‘ए प्लस’ ग्रेडिङ पाएका तीन केन्द्रीय बैंकका गभर्नरहरुको सूचीको शीर्ष स्थानमा राखिएको हो ।

गभर्नर दासलाई अमेरिकाको ‘ग्लोबल फाइनान्स’ पत्रिकाले ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३’ मा ‘ए प्लस’ ग्रेडिङ दिएको हो । त्यस्तै, उत्कृष्ट गभर्नरको सूचीमा दासपछि स्वीट्जरल्याण्डको केन्द्रीय बैंकका गभर्नर थोमस जे जोर्डन र भियतनामका गुयन थि होङ रहेका छन् ।

ग्लोबल फाइनान्सले मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि लक्ष्य, मुद्रा स्थिरता र ब्याजदर व्यवस्थापनमा सफलताको लागि ‘ए’ देखि ‘एफ’ को स्केलमा ग्रेडहरु प्रदान गर्ने गरेको छ । जसमा ‘ए’ ग्रेडले पूर्णरुपमा सफलताको र ‘एफ’ ग्रेडले पूर्ण असफलताको प्रतिनिधित्व गर्छ । ग्लोबल फाइनान्स पत्रिकाले सन् १९९४ देखि हरेक वर्ष केन्द्रीय बैंकर रिपोर्ट कार्ड प्रकाशित गर्दै आएको छ । यसले युरोपेली संघ, पूर्वी क्यारिबियन केन्द्रीय बैंक, केन्द्रीय अफ्रिकी देशहरुका सेन्ट्रल बैंक र पश्चिम अफ्रिकी राष्ट्रहरूको केन्द्रीय बैंक सहित विश्वका १०१ वटा प्रमुख देश र क्षेत्रहरुका केन्द्रीय बैंकका गभर्नरहरुलाई ग्रेड दिँदै आएको छ ।

विश्वकै उत्कृष्ट गभर्नरको सूचीको पहिलो नम्बरमा परेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आरबिआईका गभर्नर दासलाई बधाई दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: