काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक १९.४२ अंकले घटेर २०१०.३५ बिन्दुमा पुगेको हो ।
आइतबार नेप्सेमा कुल २८५ कम्पनीको ९० लाख ३ हजार ९ सय ४१ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ३२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार माछापुच्छ्रे बैंकको भएको छ । यस कम्पनीको १३ करोड २४ लाख ९८ हजार ९ सय ५० रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबारको सेयर बजारमा स्वोरोजगार लघु वित्त विकास बैंकका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा हिमालयन लघुवित्त वित्तीय संस्था, एशियन हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर, अपर स्याँगे हाइड्रोपावर र नेस्डो सम्बृद्ध लघुवित्तका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार माछापुच्छ्रे बैंकको भएको छ । यस कम्पनीको १३ करोड २४ लाख ९८ हजार ९ सय ५० रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सन नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, एनआइसी एशिया बैंक, हिमाला दोलखा हाइड्रोपावर र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबारको सेयर बजारमा शुवम पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । शुवम पावरमा यस्तो गिरावट आउँदा नबिल ब्यालेन्स फण्ड-२, माया खोला हाइड्रोपावर, न्यादी हाइड्रोपावर र पिपुल्स हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्