काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १८.४५ अंकले बढेर २०२२.९१ बिन्दुमा पुगेको हो ।
मंगलबार नेप्सेमा कुल २८६ कम्पनीको ८७ लाख ४ हजार ४ सय ७७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको ८ करोड ३४ लाख ६६ हजार २ सय २४ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबारको सेयर बजारमा मेंछियम हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा मनकामना इञ्जिनियरिङ्ग हाइड्रोपावर, शुवम पावर, मोलुङ्ग हाइड्रोपावर, स्वाभिमान लघुवित्त वित्तीय संस्था र घलेम्दी हाइड्रोका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको ८ करोड ३४ लाख ६६ हजार २ सय २४ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, हिमाल दोलखा हाइड्रोपावर र सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा हिमालयन लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । हिमालयन लघुवित्त वित्तिय संस्थामा यस्तो गिरावट आउँदा थ्री स्टार हाइड्रोपावर, लक्ष्मी भ्यालु फण्ड-२, गणपति लघुवित्त वित्तीय संस्था र आशा लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्