काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १८.६० अंकले घटेर २००४.३० बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा कुल २८२ कम्पनीको ७० लाख ६१ हजार ४ सय ४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ८१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ७ करोड ६२ लाख २३ हजार ७ सय ३२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बुधबारको सेयर बजारमा मनकामना इञ्जिनियरिङ्ग हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा एशियन हाइड्रोपावर, मोलुङ्ग हाइड्रोपावर, अपर लोहोरे खोला हाइड्रोपावर, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२ र सानिमा ग्रोथ फण्डका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ७ करोड ६२ लाख २३ हजार ७ सय ३२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा एनआइसी एशिया बैंक, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्ट र हिमाल दोलखा हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबारको सेयर बजारमा लक्ष्मी भ्यालु फण्ड-२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । लक्ष्मी भ्यालु फण्ड-२ मा यस्तो गिरावट आउँदा शुवम पावर, हिमालयन उर्जा विकास कम्पनी, पिपुल्स हाइड्रोपावर र सप्तकोशी डेभलपमेन्ट बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्