काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निजामती कर्मचारी भनेको देशको स्थायी सरकार भएको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता कोइरालाले देशको स्थायी सरकार नै कर्मचारी भएको बताएका हुन् ।
‘अहिले कर्मचारीको मनोबल खस्किएरको सुनिन्छ । किनकी १० वर्ष भइसक्यो निजामती सेवा ऐन अझै हामीले ल्याउन सकेको छैनौं ।’, नेता कोइरालाले भने, ‘कर्मचारी भन्ने बित्तिकै सरकार हो भन्ने कुरा हामीले बुझ्न जरुरी छ । उनीहरू यो देशको स्थायी सरकार हुन् भन्ने कुरा बुझ्न जरुरी छ ।’
त्यस्तै, उनले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक र कुटनीतिक कुनै पनि हिसाबले सही स्थानमा नेपाल नभएको भन्दै नेपालजस्तो बहुभाषिक, बहुजातीय देशमा जातीय द्वन्द्व हुने हो भने देश अगाडि बढ्न नसक्ने जिकीर गरेका छन् । ‘राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक र कुटनीतिक कुनै पनि हिसाबले देश ठीक स्थानमा अगाडि बढ्न सकेको छैन ।’, उनले भने, ‘केही समय अगाडि भएको घटना धार्मिक युद्ध हो कि जस्तो लाग्यो तर त्यो धार्मिक युद्ध होइन, त्यसमा जातीय गन्ध मिसिएको थियो ।’
योसँगै नेता कोइरालाले देशको सबैभन्दा ठूलो महानगरपालिकाको मेयर र देशको प्रधानमन्त्रीले अराजक किसीमले बोल्न नमिल्ने भन्दै यसरी देश नचल्नेसमेत बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्