×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कर्मचारीले मन्त्रीका कुरा मान्नुपर्छ’ : सभापति देउवा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘कर्मचारीले मन्त्रीका कुरा मान्नुपर्छ’ : सभापति देउवा

Artha Sarokar

१९ भाद्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निजामती कर्मचारीले मन्त्रीको कुरा मान्नुपर्ने बताएका छन् । निजामती कर्मचारी युनियनको स्थापना दिवसमा पार्टी सम्बद्ध युनियनले आयोजना गरेको कार्यक्रममा कर्मचारीले मन्त्रीका कुरा मान्नुपर्ने र समझदारीमा नै दुई पक्षले काम गर्नुपर्नेमा जोड दिएका थिए ।

उनले कर्मचारीले व्यक्तिगत रुपमा विचार जुनसुकै अपनाए पनि मन्त्रीको कुरा मान्नुपर्ने धारणा व्यक्त गरेका थिए । सभापति देउवाले भने, ‘राजनीति र कर्मचारीतन्त्रबीचको द्वन्द्व विश्वमै हुने गरेको देखिन्छ, तर सन्तुलन कायम गरेर मिलाएर लैजानुपर्छ । निजामती कर्मचारी युनियन प्रजातान्त्रिक युनियन हो । अरूले आफ्नो पार्टीले जे भन्यो त्यही गर्ने गरेका छन्, हामीले त्यस्तो गर्नुपर्छ भन्ने छैन, निष्पक्ष काम गर्नुपर्छ, त्यही रुपमा अघि बढ्नुहोस् ।’

राजनीति र कर्मचारीतन्त्रबीच राम्रो सम्बन्ध हुनुपर्ने उल्लेख गर्दै सभापति देउवाले कर्मचारीतन्त्र नभई देश नचल्ने बताएका थिए । उनले कर्मचारीले सरकारले भनेको मान्नुपर्ने र कतिपय चित्त नबुझेका विषय भन्नुपर्ने बताएका थिए । राजनीति र कर्मचारीतन्त्रबीच आपसी समन्वय र सहयोग हुनुपर्ने सभापति देउवाको भनाइ थियो ।

त्यस्तै, सभापति देउवाले आफूसँग फूर्ति गर्ने प्रहरी अधिकृतलाई गृहमन्त्री हुँदा निकाली दिएको उदाहरणसमेत प्रस्तुत गरेका थिए । देउवाले भने, ‘म भर्खर गृहमन्त्री भएको थिए, एउटा पुलिस अफिसरले यी आउने जाने हुन् कति दिनका हुन् र ? गृहमन्त्रीहरू भोलि गइहाल्छन् नि भन्यो । म त जाउँला तँ चाहीँ कहिल्यै आउँदैनस् भनेर निकालि दिए । अरुले त्यही गर्नुपर्छ भनेको होइन । तर, मन्त्री भईसक्यो के गर्नुहुन्छ कुरा मिल्दैन भने भन्नुपर्यो ।’

उनले नहुने कुरा कर्मचारीले गर्नुपर्छ भन्नेभन्दा पनि मन्त्रीका कुरालाई कर्मचारीले मान्नुपर्छ भन्ने आफ्नो धारणा रहेको उनले स्पष्ट पारेका थिए । सभापति देउवाले भने, ‘नहुने कुराहरू गर्नुपर्छ भन्ने होइन तर साथसाथै मन्त्रीसँग के कुराले चित्त बुझेको छैन, उसँग कुरा गर्नुपर्यो र मन्त्रीको कुरालाई पनि मान्नुपर्ने हुनसक्छ ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी