काठमाडौं । ८औं सिन्धुपाल्चोक अन्तराष्ट्रिय ट्रेल रेस २०२३ सम्पन्न भएको छ । शनिवार सिन्धुपाल्चोकमा सम्पन्न सो रेस अन्तर्गत ६० किलोमिटर र २८ किलोमिटर गरी दुई वटा रेस गरिएको थियो ।
चौतारा साँगाचोक गढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा ठूलो शिरुबारबाट ६० किलोमिटरको रेस सुरू गरिएको थियो । यस्तै अन्तराष्ट्रिय किसान अभियान ‘ला भिए क्यामपेनसिना’ को अन्तराष्ट्रिय समन्वय समितिको सदस्य प्रमेश पोख्रेलको प्रमुख आतिथ्यमा जलबिरेबाट २८ किलोमिटर रेस सुरू गरिएको थियो ।
६० किलोमिटरको रेसमा ११ पुरुष र ३ महिलाले सहभागीता जनाएका थिए भने २८ किलोमिटरको रेसमा १६ महिला र २९ पुरुष दौडिएका थिए । ६० किमीको दौड ६ घन्टा ९ मिनेट १२ सेकेण्डमा पूरा गरि वेद बहादुर सुनुवार प्रथम भए । दौडमा दोस्रो हुने मनकुमार रोका मगरले ६० किमी दौडमै ६ घण्टा १६ मिनेट ४६ सेकेण्डमा र तेस्रो हुने अशोक बरमले ६ घण्टा ४९ मिनेट ३० सेकेण्डमा दौड पूरा गरेका थिए।
महिलातर्फ ६० किमी दौडमा १० घन्टा १० मिनेट १४ सेकेण्डमा पूरा गरी पदम कुमारी प्रथम, १० घन्टा १० मिनेट १८ सेकेण्डमा दौड पूरा गरि आश्मा बिक दोस्रो र १२ घन्टा ३३ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरि डेनिस नागरिक श्टिना हाइजेलबर्ग तेस्रो भए ।
यस्तै २८ किमी पुरुषतर्फको दौडमा २ घण्टा २१ मिनेट ४६ सेकेण्डमा दौड पूरा गरि सुमन कुलुङ प्रथम भए भने महिला तर्फ प्रिया राईले ३ घन्टा ११ मिनेट ३२ सेकेण्डमा दौड पूरा गरी प्रथम भइन् ।
२८ किमीमै पुरुषतर्फ दोस्रो भएका करण रावलले २ घण्टा २१ मिनेट ४६ सेकेण्डमा र तेस्रो भएका निरज भट्टले २ घण्टा २९ मिनेट ५२ सेकेण्डमा दौड पूरा गरेका थिए । यस्तै २८ किमीमा महिलातर्फ दोस्रो भएकी सबिना राईले ४ घण्टा २२ मिनेट ८ सेकेण्ड र तेस्रो भएका स्याली माउल्डस्ले ४ घन्टा ४४ मिनेट २५ सेकेण्डमा दौड पूरा गरेका थिए ।
रेस संयोजक महेश दाहालले समुदायमा आधारित गैरनाफामुलक यस रेसले सिन्धुपाल्चोकलाई अन्तराष्ट्रिय मञ्चमा चिनाएको बताए । उनले रेसका विजयी खेलाडीले अन्तराष्ट्रिय दौड प्रतियोगितामा समेत जितेको बताए । अन्तराष्ट्रिय ट्रेल रनिङ संस्थामा संबन्धन प्राप्त यस रेस स्थानीय संघ सस्थाको पहलमा आयोजित यो समुदायमा आधारित एकमात्र रेस हो । २०७२ को भूकम्पपश्चातको उद्दारका लागि समेत रेस आयोजना गरिएको थियो । यो रेस ९ औं संस्करणको भएको आयोजकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्