×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोनापुर मिनरल्सको स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरिएको आइपिओ बाँडफाँड

PRIME CA

सोनापुर मिनरल्सको स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरिएको आइपिओ बाँडफाँड

३ आश्विन २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको आइपिओ बाँडफाँड गरेको छ । कम्पनीले जारी पुँजी ३ अर्व ७ करोड ५० लाख ५० हजार रुपैयाँ बराबरको ३ करोड ७ लाख ५० हजार ५ सय कित्ताको ५ प्रतिशतले हुन आउने १५ लाख ३७ हजार ५ सय २५ कित्ता सेयर निष्काशन गरेको थियो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १२५ रुपैयाँ थप गरी २२५ रुपैयाँको दरले उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि साउन २९ गते देखि भदौ २६ गतेसम्म बिक्री खुला गरेको थियो । सो अवधिभित्र प्राप्त भएको आवेदनको छानविन गरी योग्य आवेदकहरुमा सेयर बाँडफाँड गरेको एनआइएमबि एस क्यापिटल लिमिटेडले जनाएको छ ।

उक्त सेयरमा रितपुर्वक आवेदन दिने ६ सय ५६ जना आवेदकहरुबाट प्राप्त १ लाख ३४ हजार ५२० कित्ता सेयरका लागि प्राप्त भएको आवेदनहरुमध्ये न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ता सम्म माग गरी आवेदन दिने आवेदकहरुलाई माग बमोजिम कित्ता बाँडफाँड गरिएको जनाईएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: