×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोनापुर मिनरल्सले प्रिमियममा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, असोज १४ गतेबाट आवेदन दिन सकिने

PRIME CA

सोनापुर मिनरल्सले प्रिमियममा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, असोज १४ गतेबाट आवेदन दिन सकिने

१२ आश्विन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले असोज १४ गते आइतबार देखि ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता आईपीओ बिक्री खुला गर्ने लागेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी  प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसाका दरले आईपीओ निष्काशन गर्न लागेको हो । पहिलो चरणमा आयोजन प्रभावित स्थानीयका लागि खुला गरेको सेयर मध्ये स्थानीयले नकिनेको सेयरसमेत थप गरेर सर्वसाधारणलाई जारी गर्न लागेको कम्पनीले जनाएको छ ।

उक्त आईपीओमा लगानीकर्ताले असोज १७ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म सबै सेयर बिक्री नभए असोज २८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । त्यस्तै, लगानीकर्ताले न्युनतम १० कित्तादेखी अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जनाएको छ ।

सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत पनि आवेदन दिन सकिनेछ । क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स नेपालले यस आइपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जानाउने ‘आइआरएन त्रीपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: