×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

झण्डै टाँट पल्टेको श्रीलङ्कामा तीन अर्ब असी करोड अमेरिकी डलर रेमिट्यान्स भित्रियो, अघिल्लो बर्षको भन्दा ७४.प्रतिशतको बढोत्तरी !

SAGARMATHA CEMENTS
काठमाडौँ । श्रीलङ्काले यो बर्षको पहिलो छ महिनामा तीन अर्ब ८० करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको शनिबार जनाएको छ ।
जनवरीदेखि अगष्टसम्मको अवधिमा यहाँका आप्रवासी कामदारले तीन अर्ब ८० करोड अमेरिकी डलर भन्दा बढी रकम पठाएका श्रम तथा वैदेशिक रोजगार मन्त्रालयले जानकारी गराएको छ ।

यो बर्षको पहिलो छ महिनामा तीन अर्ब ८० करोड अमेरिकी डलर भन्दा बढी रकम पठाएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ७४.४ प्रतिशतले बढी हो,” श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले शनिबार जानकारी दिनुभयो ।

सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा उहाँले अगस्टमा मात्रै करिब ५० करोड डलर रेमिट भएको बताउनुभएको छ ।

श्रीलङ्काको वैदेशिक रोजगार विभागमा दर्ता भई यस वर्षको सेप्टेम्बरको शुरुसम्ममा दुई लाखभन्दा बढी श्रीलङ्काली वैदेशिक रोजगारीका लागि मुलुकबाट बाहिरिएको मन्त्री नानायककाराले जानकारी दिनुभयो ।

सन् २०२१ मा श्रीलङ्काका कामदारले कुल पाँच अर्ब ४९ करोड डलर पठाएका छन् भने सन् २०२२ मा करिब तीन अर्ब ८० करोड डलर कामदारले रोजगारी गुमाएका छन् ।

श्रीलङ्काका लागि वैदेशिक राजस्वको प्रमुख स्रोतमध्ये श्रमिकको विप्रेषण पनि एक हो ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal