×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनबाट खुलेआम सुन तस्करी, केरुङबाट आएकी महिला १ किलो अवैध सुनसहित पक्राउ !

LAXMI SUNRISE BANK
GLOBAL

चीनबाट खुलेआम सुन तस्करी, केरुङबाट आएकी महिला १ किलो अवैध सुनसहित पक्राउ !

१७ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चीनबाट खुलेआम सुन तस्करी गर्ने एक महिला पक्राउ परेकी छिन् । शनिबार रसुवागढी नाकाको मितेरी पुलबाट गोसाइँकुण्ड गाउँपालिका ३ बुद्धिम निवासी पाछेमु तामाङ पक्राउ परेकी हुन् ।

चीनबाट अवैध रुपमा सुन तस्करी गर्दै गरेको भन्नै सूचनाका आधारमा पाछुमुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीले बताएका छन् । उनका अनुसार केरुङबाट लुकाइछिपाई रसुवागढी नाकाबाट नेपाल ल्याउँदै गर्दा १ किलो सुनसहित पक्राउ गरिएको हो ।

पक्राउ परेकी ४१ वर्षीया पाछेमुले यसअघि पनि लुकाइछिपाइ चीनबाट सुन तस्करी गरेको आशंका गरिएको छ । पक्राउ गरेपछि बिरामी देखिएकी पाछेमुलाई उपचारका लागि रसुवा अस्पतालमा भर्ना गरिएको छ । हाल उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी