×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ सोमबार तरकारी तथा फलफुलको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

यस्तो छ सोमबार तरकारी तथा फलफुलको मूल्य

Artha Sarokar

१८ भाद्र २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार नेपाली ठुलो गोलभेडाको न्युनतम मूल्य प्रतिकेजी ६० रुपैयाँ रहेको छ भने भारतीय ठुलो गोलभेडा ७० रुपैयाँ रहेको छ । त्यस्तै टनेलको सानो गोलभेडाको न्युनतम मूल्य ५० रुपैयाँ प्रतिकेजी रहेको छ र लोकल सानो गोलभेडा ५० रुपैयाँ रहेको छ ।

साथै, रातो आलो ५५ रुपैयाँ, भारतीय रातो आलु ५५ रुपैयाँ र रातो आलु(मुडे) ५० रुपैयाँ रहेको छ भने भारतीय सुकेको प्याज ७३ रुपैयाँ प्रतिकेजी रहेको छ । समितिका अनुसार लोकल गाजर १३० रुपैयाँ प्रतिकेजी, लोकल बन्दा ६० रुपैयाँ प्रतिकेजी, स्थानीय काउली ९० रुपैयाँ प्रतिकेजी, सेतो मुला ९० रुपैयाँ प्रतिकेजी निर्धारण गरिएको छ । भन्टा लाम्चो ५०, डल्लो भन्टा ६०, तने बोडी ८०, घ्यु सिमी ८०, राजमा १४०, टाटे सिमी ८०, भटमासकोशा १२०, तिते करेला ९०, लौका ४०, परवल ५०, चिचिण्डो ५०, घिरौला ४०, पाकेको फर्सी ५०, हरियो (डल्लो)फर्सी ५० र भिन्डी ४० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

त्यस्तै, रायोको साग प्रतिकेजी १५० रुपैयाँ, तोरीको साग ५०, हरियो प्याज १८०, कन्य च्याउ १५०, डल्ले च्याउ ३४०, कुरिलो ५००, निउरो ९०, ब्रोकाउली २८०, चुकुंदर ८०, तामा ९० र तोफु ११० रुपैयाँ रहेको छ ।

यता फुजी स्याउ ३२० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, कागती १६०, अनार ३००, कालो अंगुर ४५०, हरियो तर्बुजा ६०, मौसम १५०, जुनार ३२०, भुई कटहर १५०, काक्रो ७०, रुख कटहर ८०, निबुवा ६०, नासपाती ७०, चाइनिज नासपाती ३००, मेवा ८०, अम्बा १००, लप्सी ६०, किवी ६००, सरिफा १५०, अभोकाडो २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी