Skip to content
LAXMI SUNRISE BANK

यस्तो छ बिहीबार तरकारी तथा फलफूलको मूल्य

अर्थ सरोकार

काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार भारतीय ठुलो गोलभेडा ५५ रुपैयाँ रहेको छ । त्यस्तै टनेलको सानो गोलभेडाको न्युनतम मूल्य ४३ रुपैयाँ प्रतिकेजी रहेको छ र लोकल सानो गोलभेडा ४० रुपैयाँ रहेको छ ।

साथै, रातो आलो ५५ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ र रातो आलु(मुडे) ५० रुपैयाँ रहेको छ भने भारतीय सुकेको प्याज ७० रुपैयाँ प्रतिकेजी रहेको छ । समितिका अनुसार लोकल गाजर ११० रुपैयाँ प्रतिकेजी, लोकल बन्दा ७० रुपैयाँ प्रतिकेजी, स्थानीय काउली ८० रुपैयाँ प्रतिकेजी, सेतो मुला ९० रुपैयाँ प्रतिकेजी निर्धारण गरिएको छ । भन्टा लाम्चो ५०, डल्लो भन्टा ६०, तने बोडी ६०, घ्यु सिमी ८०, टाटे सिमी ८०, भटमासकोशा ११०, तिते करेला ८०, लौका ४०, परवल ५०, चिचिण्डो ४०, घिरौला ३५, पाकेको फर्सी ५०, हरियो (डल्लो)फर्सी ३० र भिन्डी ४० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

त्यस्तै, रायोको साग प्रतिकेजी १०० रुपैयाँ, तोरीको साग ५०, हरियो प्याज १८० , कन्य च्याउ १६०, डल्ले च्याउ ३२०, कुरिलो ५००, निउरो ९०, ब्रोकाउली २५०, चुकुंदर ७०, तामा ९० र तोफु ११० रुपैयाँ रहेको छ ।

यता फुजी स्याउ ३२० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, कागती २००, अनार ३००, कालो अंगुर ४५०, हरियो तर्बुजा ६०, मौसम १५०, जुनार ३२०, भुई कटहर १५०, लोकल काक्रो ९०, रुख कटहर ९०, निबुवा ६०, नासपाती ७०, चाइनिज नासपाती ३००, भारतीय मेवा ८०, अम्बा १००, लप्सी ५०, सरिफा १५०, अभोकाडो २०० रुपैयाँ रहेको समितिले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK